आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको खेलमा स्कटल्याण्डले नेपाललाई जितका लागि दुई सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल बनायो ।
स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक एक सय सात रनको योगदान दिए । उनले ८५ बल खेल्दै नौ छक्का र तीन चौकाको मद्दतमा अविजित एक सय सात रनको योगदान दिएका हुन् ।
त्यस्तै ज्याक जार्विसले २६ रनको योगदान दिए भने क्रिसटोफर म्याकब्राइडले २२ रन जोडे । यसैगरी मार्क वाटले २० रन जोड्दा कप्तान रिचार्ड बेरिङटन र टम म्याकिन्टसले समान १९/१९ रन जोडे । क्रिश ग्रेप्सले १६ रन बनाउँदा म्याथ्यू क्रसले दुई रन मात्र बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |