काठमाडौं ४ फागुन
ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।
गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए।
कीर्तिपुर अस्पतालकी निर्देशक डा। निजिमा ताम्राकारले हरिकलाको निधन भएको जानकारी दिनुभयो । ‘उहाँको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो,’ उहाँले बताउनुभयो ।
सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |