नातिबाबु भट्ट
कोलोराडो अमेरीका
कोलोराडोमा एक समारोहबीच बिभिन्न माध्यमबाट नेपाली सामुदायको सहयोग तथा बिकासमा योगदान गर्नुहुने ब्याक्ति तथा संस्थाहरुलाई कदर पत्र प्रदानगरी सम्मान गरिएको छ ।
एनआरएन कोलोराडो च्याप्टरको बर्तमान कार्यसमितिसंग जोडीएर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा तन, मन र धनले निश्वार्थ रुपमा सहकार्य गर्ने ब्यक्ती तथा संस्थाहरुलाई एक समारोह बिच सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेमा संस्थाका सल्लाहकार, समाजसेवी, पत्रकार, दाता, भोलेन्टीयर कलाकार, ब्यवसायी र संघ संस्थाका पदाधिकारीहरु रहेका छन् । सम्मानित सबैलाई संस्थाका अध्यक्ष आरसी पन्त र कोषाध्यक्ष दिपक सुनुवारले कदरपत्र प्रदानगरी सम्मान गर्नुभएको थियो ।
One Community, One Team, One Voice, But Many Ideas मुल आदर्श बाक्यलाई शिरोपर गर्दै २०२१ मा आरसी पन्तको नेतृत्वमा गठित टिमले अनवरत रुपमा सामाजिक कार्यहरुमा निरन्तर क्रियाशिल रहदै आएको छ । प्रवासमा रहेका नेपालीहरुको छाता संगठनको रुपमा अभिभावकीय भूमिकामा रहेको संस्था एनआरएन कोलोराडोले नेपाली समुदायमा आफु बास्तविक दुःख सुखको साथी भएको प्रमाणीत गरेको छ ।
कार्यक्रममा संस्थाको १९ महिने कार्यकालमा भए गरेका कार्यहरुको भिडीयो क्लीप प्रस्तुत गरिएको थियो । यस अवधिमा नेपाली समुदायमा घटेका विभिन्न घटना तथा सामुदायिक कार्यक्रमको लागी स्थानीय बिभिन्न संस्थाहरु संग मिलेर २ लाख डलर भन्दा बढि सहयोग संकलन गरि हस्तान्तरण गर्नुको साथै बिभिन्न घटनाका कारण आई परेका समस्याहरुलाई समाधान गर्न स्थानिय सरकार, स्टेट गर्भनर, कांग्रेश म्यान समेतको समन्वयमा समाधान गर्न सकिएको उदाहरण प्रश्तुत गरिएको थियो ।
कार्यक्रममा च्याप्टरको आय ब्याय सधै पारदर्शि रहेकोे र जसले पनि संस्थाको फेसबुकमा गएर हेर्न सक्ने भन्दै अध्यक्ष पन्तले त्यसको प्रतिवेदन प्रश्तुत गरेका थिए ।
ब्रुमफिल लाईब्रेरीमा आयोजित कार्यक्रममा सहभागी सबैलाई आफ्नो धारणा राख्ने अवसर प्रदान गरिएको थियो । वक्ताहरुले कोलोराडो च्याप्टरले उदारणीय काम गरेर समुदायको मन जित्न सफल भएको भन्दै एनसीसी र आईसीसी लगाएत अन्य च्याप्टरहरुले कोलोराडोको अनुसरण गर्नुपर्ने धारणा राख्नुभएको थियो । च्याप्टरका अध्यक्ष आरसी पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव शंकर गुरुङले संचालन गर्नुभएको थियो
कार्यक्रमको अन्त्यमा सहभागी सबैको जिज्ञासालाई संम्बोधन गर्दै अध्यक्ष पन्तले सबैको साथ र सहयोगले नै च्याप्टरले गति लिन सकेको बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |