धादिङ, २७ माघ
धादिङमा पि.पि.आर रोग बिरुद्ध सप्ताहव्यापी खोप अभियान फागुन १ देखि ७ गते सम्म सञ्चालन हुने भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको आयोजनामा ‘ पि.पि.आर खोप लगाऔँ,भेडाबाख्राको हैजा भगाऔँ’ भन्ने मूल नारासहित भेडाबाख्राहरुमा लाग्ने महामारी रोग पि.पि.आर रोकथाम तथा न्युनिकरणका लागि स्थानिय तहका पशु शाखा प्राबिधिक र भ्याक्सिनेटरहरुसँग अन्तरक्रिया गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा.सन्दिप सिलवालले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा बिभिन्न स्थानिय तहको पशु शाखाका फोकल प्राबिधिक प्राबिधिकहरु ६० जना भ्याक्सिनेटरहरुको उपस्थिती रहेको थियो । बार्षिक कार्यक्रम अन्तरगत धादिङमा आगामी फागुन १ गतेदेखी ७ गतेसम्म पि.पि.आर रोग बिरुद्ध सप्ताहव्यापी खोप अभियान कार्यक्रम सञ्चालन हुने डा.सिलवालले बताउनुभयो ।
पि.पि.आर भाइरसको सङ्क्रमणबाट भेडा बाख्रामा लाग्ने एक प्रकार सङ्क्रामक रोग हो यो । यो रोग लागेका भेडाबाख्रामा पखाला लाग्ने, मुखमा घाउ हुने, मुखमा चोकर दले जस्तो देखिने, एकै गोलका धेरै भेडा मर्ने, भेडाबाख्रामा ज्वरो आउने, नाकबाट सिङ्गान बग्ने, आँशु फाल्नेजस्ता लक्षण देखा पर्ने गर्दछन् । यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान ¥याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडा कुडाबाट सजिलै सर्न सक्छ । यसबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्ने डा।सिलवालको भनाइ छ । उहाँका अनुसार ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |