धादिङ २७ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धबाबा मन्दिरमा तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आगामी फागुन ६ गते शनिबारका दिन तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकार चर्चित गायक कुलेन्द्र बि।क।, सुमन परियार, बालचन्द्र बराल, सुमन थापा, हास्य कलाकार बेगम नेपाली भट्भटे, प्रमोद खनाल मनराज लगाएत गोधुलि साँस्कृतिक परिवार र स्थानीय कलाकारहरुको विशेष प्रस्तुति हुने सिद्धलेक ढेवाडाँडा समाजका सल्लाहाकार गुरुङले बताउनुभयो ।साथै महोत्वसमा रेडक्रस नलाङ उपशाखाको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग ९हाल वडा नं। २, ३ र ४० को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केहीबर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।महोत्सवको लागि अहिले स्टल बुकिङको काम भईरहेकोले स्टल आवश्यक पर्ने व्यावसायीले आयोजकलाई सम्पर्क गरि आफ्नो स्टल सुरक्षित गर्न सकिने आयोजकले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |