धादिङ,२५ माघ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ गैरामा मौरीपालन सम्बन्धी सीप विकास तालिम सुरु भएको छ । गाउँपालिको आयोजनामा सुरु भएको ७ दिने तालिमको मंगलबार गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङले उद्घाटन गर्नुभएको हो ।
तालिममा मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण, नेत्रावती डबजोङको हावापानी अनुसार मौरी कसरी पाल्ने लगायतका विषयमा तालिम दिइने गाउँपालिकाका सुचना अधिकारी कृषण बद्री पौडेलले बताउनुभयो।
बिभिन्न वडाका १७ जनाको सहभागिता रहेको तालिममा मौरी बाजेको नामले परिचित नुवाकोट सामरीका ध्रुवप्रसाद सापकोटाले सहजिकरण गर्नुभएको छ ।
तालिममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह, सूचना अधिकारी कृष्ण बद्री पौडेल, योजना शाखा अधिकृत अनुप लामिछाने, वडा नं ३ का वडाध्यक्ष सुरेश गुरुङ लगायतको उपस्थिती रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |