धादिङ २३ माघ
धादिङको ज्वालामुखी गाउँपालिकामा ग्रामीण आँखा केन्द्रले आँखाको सम्पूर्ण चेकजाँच र परामर्श सेवा आजबाट शुरु गरेको छ ।
नेपाल आँखा केन्द्र तीलगंगा आँखा प्रतिष्ठान, सामुदायिक आँखा केन्द्र धादिङ र ज्वालामुखी गाउँपालिकाको साझेदारीमा ज्वालामूखी ग्रामीण आँखा केन्द्रले आजबाट सेवा आरम्भ गरेको हो ।
ग्रामीण आँखा केन्द्रबाट आँखाको सम्पूर्ण चेकजाँच, परामर्श , चस्माको फ्रेम बनाउने ,मर्मत गर्ने लगायतको आँखाको प्राथमिक तहको उपचार हुने भएको छ । एक वर्षसम्म तीलगगंगा आँखा केन्द्रले दुई जना कर्मचारीको तलब भत्ता ब्यहोर्नेछ । ग्रामीण आँखा केन्द्रमा नयाँ टिकट लिन रु ५० र फलोअप चेकअपको लागि रु ४० को टिकट लाग्नुको साथै औधषीमा तोकिएको मूल्यमा १५ प्रतिशत छुटमा दिइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो ।
ज्वालामूखी ग्रामीण आँखा केन्द्रको संचालन व्यवस्थापन समितिमा गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको अध्यक्षतामा ७ सदस्यीय समितिको गठन भएको छ । सो समिति मार्फत ग्रामीण आँखा केन्द्रको संचालन हुनेछ ।
ज्वालामुखी गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकी, ४ वटा सामुदायिक स्वास्थ्य सेवा केन्द्र, २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, एक नागरिक आरोग्य सेवा केन्द्र र एक ग्रामीण आँखा केन्द्र रहेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |