धादिङ,२२ माघ ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा तीन दिने खेलकूद महोत्सव आजबाट शुरु भएको छ ।विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालयको प्रिन्सिपल पष्टी कुमार श्रेष्ठको अध्यक्षतामा आजबाट तीन दिने खेलकूद महोत्सव शुरु भएको हो।पहिलो दिन आज म्युजिकल चियर, मिनि म्याराथुन, चम्मा गुच्चा दौड, जिके रेस, बोतलमा पानी भर्ने प्रतियोगिता छात्र छात्रा दुवैको लागि संचालन गरीएको छ।
त्यसैगरि छात्रहरुको भलिबल प्रतियोगिता पनि पहिलो दिन संचालन भएको छ।भलिबल प्रतियोगितामा रेड हाउसले विजय भएको छ भने ब्लु हाउस दोस्रो भएको छ । दिनभर संचालन भएको खेलमा आज रेड हाउसले १२ वटा स्वर्ण पदक जित्न सफल भएको छ भने ब्लु हाउसले ८ वडा र ग्रिन हाउसले ६ स्वर्ण पदक हात पारेको छ । तीन तहमा आयोजना गरिएको पहिलो दिनको खेलकूदमा कक्षा एक देखि तीन सम्मको पहिलो तह, ४ र ५ कक्षाको दोस्रो तह र कक्षा ५ देखी ९ कक्षासम्मका विद्यार्थीको तेस्रो तहको गरी खेल खेलाइएको छ ।
भोली(सोमबार) दोस्रो दिनको खेलकूद महोत्सवमा ५० मिटरको दौड, जिके रेस, १०० मिटर दौड,रिले रेस, डोरी तानातान गर्ने, , लेमन रेस ,फुटसल र सियोमा धागो छिराउने प्रतियोगिता रहेको विद्यालयका खेलकूद व्यवस्थापन समितिका सदस्य केशव श्रेष्ठले जानकारी दिनुभयो।तीन दिने खेलकूद महोत्सवको विद्यालयको व्यवस्थापन समितिका सदस्य शशी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |