प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आज आयोजना गरेको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ ।”
प्रधानमन्त्रीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको भन्दै आफूलाई प्रतिष्ठानप्रति खुसी र गर्वको महसुस भएको बताउनुभयो । “चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ”, उहाँले भन्नुभयो ।
सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टालाई सम्मान गर्नुका साथै ललितकला सम्बन्धी सिर्जनाको अवलोकन गर्नुभएको थियोे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |