बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो ।
उक्त कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरका नौ हजार सात सय कित्ता साधारण शेयर प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुला गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सक्नेछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |