धादिङ,११ माघ ।
चिल्ड्रेनपार्क आवसीय माध्यमिक विद्यालयमा भएको अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालय प्रथम भएको छ ।
चिल्ड्रेनपार्क आवसीय माध्यमिक विद्यालयले आफ्नो २५ औँ वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितमा नीलकण्ठ माध्यमिक विद्यालय प्रथम भएको हो ।
यस्तै प्रतियोगितामा एड्भान्स एकेडेमी द्धितिय र सुनौलो भैरवी माध्यामिक विद्यालय तृतिय भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयका विद्यार्थीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको चिल्ड्रेनपार्कका प्रिन्सिपल शष्टी कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका बीबीएस, एसईई उत्रिर्ण विद्याथीहर्रुलाई बधाई तथा विदाई पनि गरिएको श्रेष्ठले बताउनुभयो । चिल्ड्रेनपार्क आवसीय माध्यमिक विद्यालयलका प्रिन्सिपल शष्टी कुमार श्रेष्ठका अनुसार विद्यालयले रजत जयन्तीको अवसरमा बजार सरसफाई, बृहत रत्तदानका कार्यक्रम सम्पन्न गरिसकेको छ भने १२ गते बिहीबार अभिभावक नृत्य सहित रजत जयन्ती समारोह समापन कार्यक्रम रहेको जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |