धादिङ ११ माघ
नीलकण्ठ नगरपालिकाभित्र रहेका खाद्य असुरक्षामा परेका ६ सय ५० परिवारका लागि निःसर्त नगद अनुदान गरिएको छ ।
युएसआइडीको तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा प्रत्येक घरधुरीलाई २१ हजार ५ सयका दरले जिविकोपार्जनको लागि टेवा दिन उक्त रकम हस्तान्तरण गरिएको हो ।
यस परियोजनाको लाभग्राही छनौट मापदण्डको आधारमा छानिएका र नीलकण्ठ नगरपालिकाबाट प्रमाणित भएका लाभग्राहीहरुले निःसर्त नगद अनुदान गरिएको स्थानीय साझेदार संस्था एक्सन नेपालका कमलराज ढुंगानाले बताउनुभयो ।
रुस र युक्रेनबीच युद्धले खाद्यान्न संकट बढाएको र यसको असर गरिब देशहरुमा सबैभन्दा बढी परेको बताउँदै युक्रेनले ठूलो परिमाणमा खाद्य तेल, मकैर गहुँजस्ता धेरै अन्न निर्यात गर्ने देश नै युद्धको कारण निर्यातमा आएको गिरावटले विश्वव्यापी आपूर्तिमा कमी आउनुको साथै यसको विकल्पको मूल्य द्रुतगतिमा बढेकोले खाद्य संकट निम्तिन सक्ने सम्भाव रहेको एक्सन नेपालका ढुंगानाले जानकारी दिनुभयो ।
धदिङको नीलकण्ठ नगरपालिका लगायत टुल्लू, वीरेन्द्रनगर र लम्किचुहा गरि चारवटा नगरपालिकाहरुमा यो कार्यक्रम लागू भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |