देवीप्रसाद अधिकारी, धादिङ
के के न बन्छु भनेर
स्कुल पढ्दा
गणितका सुत्र ऊँगी ऊँगी धाेकियाे
विज्ञानका नियम रट्नु रटियाे
नेपाली पाे हुँ त भनेर
जीउ हल्लाइ हल्लाइ कविता वाचियाे
निन्द्रा माया मारी मारी
बाबुकाे गाली खाँदै
हिसाब गरियाे
मनग्य कपि किन्न नसकेर
बाटामा भेटेकाे चुराेटकाे जरीमा रफ गरियाे
छिमेकी अंकलले पढेर फालेका
गाेरखापत्रका पाना पानामा
भागा, गुणन, जाेड धटाउ मिलाइयाे
डक्टर पाे बनिन्छ कि भनेर
प्रजनन अंगका दर्जनाै
आकृति बनाइयाे
साइन्टीस भै हालिन्छ कि भनेर
सेल, न्यूटाेन, प्राेटाेनका तस्बिरमा
नामाकरण गरियाे
नैतिकता र चेतना भरूँला भनेर
नैतिक शिक्षाको एकलब्यकाे कथा धाेकियाे
बाँकी थ्याे दुई बिषय
अंग्रेजी र शिक्षा
अंग्रेजी त गाईखाने भाषा गार्हो छ भनियाे
न सरले बाेलेकाे बुजियाे न किताबको कथा जानियाे
ग्रामरकाे गहिरो सुत्रले
मुत्र निकाल्थ्याे
किन पढ्नु अर्काकाे भाषा बाल भएन
काेही अंग्रेजी बाेल्ने सर
अमेरिका गाकाे देखिएन
अब रह्यो शिक्षा
मास्टर बन्ने न सपना थियाे न याेजना
किन पढ्नु शिक्षा बिषय
पढाउने सर सधै उँङ्न जानेका
बीस नम्बरको प्राक्टिकलमा सबैले १९ हानेका
गर्न पर्ने के हाे काम सरलाई नै पत्ताे थिएन
धन्न हामीले राम्रै लेखे छाै र ३२ पुगेछ
एस एल सी पास कसैले छेकेन
सेकेन डिभिजन झण्डैले टेकेन
सहरमा पढ्ने रहरले बाटा खर्च पाएन
साइनन्टिस र डाक्टर सब्जेक्ट गाउँमा आएन
बाध्यताले त्यै शिक्षा पढियाे
जीवनकाे गन्तव्य माेढीयाे
गाउँमा पाउने जागिर त्यै मास्टरी थियाे
चार महिनामा एक पल्ट तनखा लियाे
यसाे नेता भेट्याे चिया पिलायाे
गफ सुन्याे गफै सुनायाे
उस्का कामलाई सलाम हान्याे
आफ्ने देख जाएगा
जागिर पाकेकै छ
स्कुल चलेकै छ
के पाे नपुग्दाे छ र
म त शिक्षक पाे हुँ त
गलत अाैषधि देकाे छैन
बिरामी मर्ला डर छैन
कमजाेर घरकाे डिजाइन हानिन्न
गलत केसकाे इजलास मानिन्न
म त शिक्षक पाे हुँ त
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |