धादिङ,७ माघ
निर्वाचनमा उम्मेदवारले समयमा नै खर्च विवरण नबुझाउँदा लाग्ने जरीवाना मिनाह र क्रसर उद्योग सन्चालन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराईएको छ ।नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटि सोको विषयमा ध्यानाकर्षण गराईएको हो।
भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले जरिवाना मिनाहका लागि आगामी मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर राष्ट्रपतिकोमा पठाउने जानकारी दिनुभएको छ ।यसैगरी भेटमा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानाले क्रसर उद्योग बन्द भएका कारण विकास निर्माणको काम ठप्प भएकोमा पनि ध्यानाकर्षण गराउनुभएको थियो।
जवाफमा प्रचण्डले अव क्रसर उद्योग एक दुई दिनबाट नै खुल्ने भन्दै सबैलाई दर्ता गर्न केहि समय दिईने पनि बताउनु भएको छ।अध्यक्ष ढुंगानाले संघको अधिवेशनका क्रममा यो मुद्दा उठाउनुको साथै त्यसयता जरिवाना मिनाहका लागि पहलकदमी लिदै आउनुभएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |