धादिङ,६ माघ।
बालसंरक्षण तथा मानव वेचविखन विरुद्ध स्थानीय तहले नीति बनाएर काम गर्नुपर्ने शक्ती समुहकी अध्यक्ष चरिमायाँ तामाङले बताउनु भएको छ ।अहिले पनि मानव वेचविखन विभिन्न तरिकाबाट भईरहेको भन्दै त्यस्तो कार्य रोक्नको लागि स्थानीय तहले विशेष नीति बनाएर काम गर्नुपर्ने बताउनुभएको हो।
शक्ति समुहको आयोजना,एक्प्याट लक्जमवर्गको सहयोग र नीलकण्ठ नगरपालिकाको सहकार्यमा बालसंरक्षण तथा मानव वेचविखन विरुद्धको सवालमा स्थानिय सरकारसँग समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै तामाङले सो कुरा बताउनु भएको हो।
नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षता तथा शक्ति समुहकी अध्यक्ष चरिमायाँ तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त,वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले बालसंरक्षण तथा मानव वेचविखन विरुद्ध नगरपालिकाले काम गर्ने भन्दै उहाँले सहजिकरण गर्नको लागि शक्ती समुहलाई आग्रह गर्नुभएको छ ।नगरपालिका भित्र यस्ता घट्ना हुन नदिन प्रतिबद्ध रहेको भन्दै उहाँले गाउँगाउँमा जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रममा शक्ती समुहकी अध्यक्ष चरिमायाँ तामाङले सुरक्षाको लागि साथ साथ परियोजनाले गरेका कामहरु,शक्ति समुहले अहिले सम्म गरेका गतिविधि लगायतको विषयमा जानकारी गराउनु भएको थियो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |