धादिङ,४ माघ
व्यवसायिक कर्जामा व्याज अनुदान उपलब्ध गराउन नीलकण्ठ नगरपालिका र ग्लोबल आईएमई बैंक बिच बुधबार एक कार्यक्रमबिच सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ । मेयर उद्यमशिलता तालिम लिएर बसेका नगरबासीलाई नीलकण्ठ नगरपालिकाले व्यवसायिक कर्जामा प्रदान गरिने ब्याजमा अनुदान दिने भएको हो।
उक्त अनुदान संचालन गर्न ग्लोबल आइएमई बैक.लि र नीलकण्ठ नगरपालिका धादिङ बिच सहुलियतपुर्ण कर्जा सहजीकरण तथा संचालन गर्ने सम्बन्धी हस्ताक्षर भएको हो ।नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र ग्लोबल आइएमई बैकका कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ।सिप भएर व्यवसाय गर्न लगानी नभएका युवाहरुलाई लक्षित गर्दै निलकण्ठ नगरपालिकाले व्यवसाय संचालन गर्न सहयोग गर्ने नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो।
कृषी, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ ब्यावसाय सन्चालन गर्न चाहने नगरबासीहरु प्रत्यक्ष लाभान्वित हुने नगर प्रमुख ढुंगानाको भनाई छ। बिनाधितो २ लाख सम्म व्यावसाय सन्चालन गर्नको लागि बैंकले कर्जा दिनेछ ।साथै त्यसको व्याज नगरपालिकाले बैंकलाई तिरिदिने सम्झौता भएको छ।स्वदेशमै व्यावसाय गर्ने योजना बनाएका युवाहरुलाई लक्षित गरि ‘ नीलकण्ठ नगरपालिकाको उद्यमीहरुलाई व्यवसायिक कर्जामा प्रदान गरिने व्याज अनुदान सम्बन्धी कार्यविधि २०७६ बनाएर बिना धितो ऋण दिन लागिएको ढुंगानाले बताउनु भएको छ।
स्थानीय स्रोत, साधन र सिपलाई सदुपयोग गरी स्थानीय स्तरमा रोजगारी श्रृजना गर्न,आत्मनिर्भर अर्थतन्त्रको विकास गरी समृद्ध नगर र सुखी नगरबासीको आकांक्षा पुरा गर्न नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको नगर उप प्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।कृषिलाई व्यवसायिक बनाउँदै एक वडालाई एक पकेट क्षेत्र बनाएर युवालाई उद्यमी बनाउने नगरपालिकाको लक्ष्य रहेको नगरपालिकाका उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |