धादिङ,२६ पौष ।
शितल चौतारा कृषि पशुपालन सहकारी संस्थाको भवन उद्घाटन तथा छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं. ९ कोे निगालपानीमा दश लाखमा निर्माण भएको उक्त सहकारीको भवन आज नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले उद्घाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गनुहुँदै प्रमुख अतिथिको रुपमा रहनुभएकाले ढुंगानाले सहकारीको भवनसम्म पुग्ने सिढी निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता व्यतm गर्नुभएको छ । त्यसैगरि सहकारीको भवनमा बिजुली बत्तिको पोल समेत व्यवस्थापन गर्ने बताउनुभएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन तथा कार्यक्रम संस्थाकी सचिव लक्ष्मी शाक्यले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको कोषाध्यक्ष सरस्वती गुरुङले आर्थिक वर्ष २०७८/७९ को लक्ष्य तथा बजेट प्रस्तुत गर्नु भएको थियो ।
उक्त सहकारीमा हालसम्म जम्मा शोयर सदस्य संख्या ५ सय ६ जना रहेको कार्यक्रममा जानकारी गराईएको थियो । आर्थिक वर्ष २०७८÷७९ असार मसान्त सम्ममा संस्थाले कुल शेयर पुँजी २८ लाख ६५ हजार ४ सय ८ रहेको छ । साधारण सभाको अवसरमा संस्थाले भवन निर्माणको लागि ५ आना जग्गा दान दिनुभएको स्व.खडानन्द ढकालको सम्झनामा बुहारीलाई सम्मान गरेको थियो ।
संस्थाकी अध्यक्ष त्रिपुरा अधिकारी लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो भने नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोइराला, नीलकण्ठ नगरपालिका वडा नंं.९का वडाअध्यक्ष राजन बराइली, लोकतान्त्रिक गैरसरकारी महासंघका अध्यक्ष शिवहरी अधिकारी, संस्थाका सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |