साताको दोस्राे कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ।
आइतबार सेयर बजारमा २०.५५ अंककाे वृद्धि भएकाे थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयाे । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएकाे छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।
कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीकाे मूल्य भने स्थिर रहेको छ । आज १३ उपसुचक मध्ये होटल तथा पर्यटनबाहेका सबै उपसुचकमा हरियाली छाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |