काठमाडौँ, २५ पौष ।
सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा रु १६ हजार एक सय ४० कायम भएको छ ।
काठमाडौँबाट हुने पर्वतीय उडान ९माउन्टेन्ट फ्लाइट०मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ । काठमाडौँ–सिमरामा रु एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौँ–पोखरामा रु तीन सय २० भाडा घटेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |