धादिङ,२४ पुस
टोल विकास संस्था महासंघको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ।शनिवार धादिङबेसीमा सम्पन्न भएको भेलाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।पहिलो अधिवेशनको निर्वाचन समितिका संयोजक शेर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको भेलाले नरबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
टोल विकास संस्था महासंघको उपाध्यक्षमा सन्तोष श्रेष्ठ,महिला उपाध्यक्षमा शुसिला भण्डारी,महासचिवमा भिषण श्रेष्ठ,कोषाध्यक्षमा प्रेमनारायण श्रेष्ठ र सचिवमा काजिमान रोक्का सर्बसम्मत निर्वाचित हुनुभएको हो।यसैगरी सदस्यहरुमा द्रोर्नाचार्य सिंखडा,भरत प्रसाद सिंखडा,रेशमराज अधिकारी,कविता बस्यौला अर्याल,सविता सिटौला र ईश्वरी श्रेष्ठ निर्वाचित हुनुभएको हो । भेलाले विभिन्न तिन वटा निर्णय समेत गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |