नपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा धादिङको २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज धादिङबेशी स्थित रेडक्रस हलमा संस्थाका सभापती श्रीकृष्ण अधिकारीको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा सचिव चन्द्र बहादर लम्साल द्धारा प्रस्तुत निति तथा कार्यक्रम तथा कोषध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ । कार्यक्रममा धादिङ अस्पतालका निमित्त मेसु मधुकर दाहाल, नेपाल रेडक्रस सोसाईटीका सभापती नारायण प्रसाद तिमल्सिना,धादिङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्रि, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद रिजाल र स्वास्थ्य कार्यालय धादिङका तोयानाथ छत्कुली लगाएत ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा धादिङले हाल क्षयरोग न्यनिकरण र प्रचार प्रसारका निमित्त धादिङ जिल्लामा बिभिन्न गतिबिधिहरु संचालन गर्दै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |