लेखनाथ अर्याल
पसिना र पौरखको थलो छोडी बसाइँ भो
खेतबारी घाँडो भयो दुनियाँलाई रजाइँ भो ।
सुन फल्ने गराहरु सुम्पिएर अर्कैलाई
पाखुरी छने कता कता कस्ले खाने म्वाइँ भो !
घरबारीमा आँप,लिची, कटहर, नासपाती
फल्छन् हजुर लटरम्म फल कस्लाई दाइँभो !
पाखाबारी पाटाहरु लडेका छन् त्यसै बाँझै
शहर सर्दा धान, मकै, कोदो,मासको ख्वाइँ भो ।
अनिकाल लाग्न सक्छ सराप वस्तुभाउको
छैनन् बाँ बाँ बाच्छाबाच्छी पाडापाडी आइँ भो !
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |