धादिङ,१५ पौष ।
धादिङ सहित देशभर गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन् । तमुस्यो ह्युल छों धी गुरुङ महिला राष्ट्रिय परिषद र नेपाल तमु विद्यार्थी छों धी जिल्ला कार्यसमिति धादिङको आयोजनामा धादिङबेशी स्थित समन्वय समितिको सभा हलमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्र्यक्रम गरी मनाएका हुन् ।
गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिएका थिए । यसै गरि कार्यक्रममा सहभागीहरुले घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गरेका थिए ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशभित्र गुरुङहरुको छुटै परिचान रहेको र आफ्नो भाषा, धर्म, संस्कृति रितिरिवाजलाई जगेर्ना गर्ने उद्धेश्यले तमुल्होसार पर्व मनाउदै आएको गुरुङ राष्ट्रिय परिषदका केन्द्रय सदस्य गणेश गुरुङले बताउनु भयो ।
हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाएका छन् ।
गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |