काठमाडौँ,०८ पौष ।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् । शुक्रबार काठमाडौंको एक पार्टी प्यालेसमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो ।
दुबै खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका थिए । सम्मानित दुबै खेलाडीले नगद जनही ५० हजार प्राप्त गरे । तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो ।
यसअघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए । नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले हालसम्म ११ गोल गरिसकेका छन् । एन्फा एकेडेमीका अन्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए।
१२औं दशौं दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अन्जन मुख्य खेलाडी थिए । यसैगरी कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए । त्रिभुवन आर्मी क्लबमा आबद्ध कमलले ५७ साल यता भारोत्तोलन खेलमा लगातार खेल्दै आएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |