धादिङ /धादिङको पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नम्बर १ बाह्रकिल्लामा बस र टिपर दुर्र्घटना हुदाँ सात जना घाइते भएका छन् । काठमाण्डौबाट बुटवल तर्फ जादै गरेको लु १ ख ८५४८ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ९९३५ नम्बरको बालुवा लोड गरेको टिपर एक आपसमा ठक्कर खादा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।
दुर्घटना परी घाइते हुनेहरुमा सिन्धुपाल्चोक ईन्द्रवति गाउँपालिका ८ का ५५ वर्षिय काले तामाङ र ४० वर्षिय सोम बहादुर तामाङ, धादिङ गजुरी गाउँपालिका १ का ५० वर्षिय सुनिल श्रेष्ठ रहेका छन् । घाइतेहरुको उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ लगिएको छ । रुपन्देही तिलोतमा नगरपालिका ११ का २९ वर्षिय सुमन सुनार, नवलपरासी गौडाकोट नगरपालिका ५ का ३५ वर्षिय टेक बहादुर बि।क, कैैलाली धनगढी नगरपालिका ४ का २९ वर्षिय गणेश सुनार र भारत गोरखपुरका ३६ वर्षिय मेराताङजाको गल्छिमा रहेको अम्बेभरोसा अस्पतालमा उपचार भैरहेको डिएसपी खत्रीले बताउनुभयो। दुवै सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |