काठमाडौँ,२९ मंसिर ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |