धादिङ,२८ मंसिर ।
आठौँ धादिङ महोत्सव २०७९ मा बृहत कृषि मेला तथा कृषि उपजहरुको प्रदर्शनी हुने भएको छ । कृषि ज्ञान केन्द्र धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङको संयुक्त समन्वयमा महोत्सव स्थलमा बृहत कृषि मेला तथा प्रदर्शनी हुन लागेको हो ।
कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उत्पादनहरुलाइ ९ विधामा बर्गिकरण गरिएको छ । हरेक विधामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान हात पार्नेहरुलाइ नगद पुरस्कारको ब्यवस्था गरिएको धादिङ महोत्सवको कृषि प्रदर्शनी ब्यवस्थापन समितिका संयोजक उमेश रुवालीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा खाद्यान्न बाली समुह, दल हन बाली समुह, आलुवाली समुह, तरकारी बाली समुह, काउली बाली समुह, फलफुल बाली समुह, नगदे बाली समुह, विविध समुह (मौरी, च्याउ) र रैथाने बाली समुह (लट्टे जुनेलो, कागनु, उवा आदी) माप्रतिस्पर्धा गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङका प्रमुख होमनाथ लंसालले जानकारी दिनुभयो ।
किसानहरुले उत्पादन गरेको कृषि उपजहरु महोत्सव आयोजना स्थलमा पुस ६ गते विहान १० बजेदेखि ५ बजेसम्म र ७ गते विहान ७ बजेदेखि ११ बजेसम्म दर्ता गर्न सकिने महोत्सव मुल आयोजक समितिले जनाएको छ । प्रतिस्पर्धामा भाग लिएका सवै कृषकहरुको सवै समुहको उत्पादनलाइ प्रदर्शनीमा राखिने बताइएको छ ।प्रदर्शनीमा भाग लिन धादिङका कृषकहरुलाइ महोत्सव मुल आयोजक समितिले अनुरोध समेत गरेको छ ।
किसानहरुको कृषि उत्पादन बृृद्धि गराउन प्रोत्साहन गर्न तथा उनीहरुको मेहनतलाइ सम्मान गर्नको लागि कृषि उपजहरुको प्रतिस्पर्धा गराइएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |