धादिङ,२५ मंसिर
धादिङ अस्पताल परिसरमा नागरिक सहायकता कक्षा तथा आपतकालिन उद्धार सामाग्री प्रर्दशन कक्षको उद्घाटन गरीएको छ।आईतबार एक कार्यक्रमकाबीच उद्धार सामाग्री प्रर्दशन कक्षको २ कोठे ट्रस भवनको उद्घाटन गरीएको धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष भेषराज ठकुरीले जानकारी दिनुभयो।
धादिङ अस्पताल तथा धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा निर्माण गरिएको उक्त नागरिक सहायता कक्षको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले उद्घाटन गर्नुभएको हो।धादिङ अस्पतालमा सेवा लिन आएका नागरिकहरुलाई अलमल नपरोस भनेर नागरिक सहायकता कक्षको निर्माण गरीएको ठकुरीले बताउनुभयो।
सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको सोसियल भोलेन्टियर नेपालको सम्पर्क कार्यालयको स्थापना पनि आईबारनै गरिएको छ।धादिङ सोसियल भोलेन्टियर नेपाले धादिङमा भएका घट्नाहरुको उद्धारका साथै विभिन्न सामाजिक कार्यहरु सन्चालन गर्दै आईरहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: dhadingsanchar@gmail.com
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |