धादिङ,२४ मंसिर
७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।नीलकण्ठ नगरपालिकाको आयोजना र नेपाल मानव अधिकार संगठन धादिङको सह आयोजनामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने नाराको साथ सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा मानवअधिकारको विषयमा छलफल भएको थियो।
सहभागीहरुले,महिला,बालबालिका र दलितहरुको मानवअधिकारका घट्ना घटेको भन्दै त्यसतर्फ ध्यान दिनको लागि आग्रह गरेका थिए। विद्यालयमा अध्ययनरत छात्राहरुको मानवअधिकार हनन भएको भन्दै विद्यालयका छात्र छात्राहरुलाई यसबारे सचेतना जगाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले मानव अधिकार सम्बन्धि नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि नगरपालिका तयार रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रमको अवसर पारेर नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको बक्तृत्वकला प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको छ ।सभ्य समाजको पहिचान,लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने शिर्षकमा केहिदिन अघि सम्पन्न भएको प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरीएको हो । प्रतियोािगतामा शंखादेवी माध्यमिक विद्यालयका अनिशा श्रेष्ठ प्रथम,सांकोष माविका सुनिल वि.क. द्धितीय,नीलकण्ठ माविकी गोमा सापकोटा तृतीय र नीलकण्ठ माविकै रमेश तामाङ सान्त्वना हुनुभएको थियो ।
कार्यक्रममा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश नगद ६ हजार,४ हजार ५ सय, ३ हजार, २ हजार र प्रमाणपत्रबाट नगर उप प्रमुख दिपक विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको हो।नेपाल मानव अधिकार संगठनका सभापति कृष्ण राज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मानव अधिकार कर्मि, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |