एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो । कम्पनीमाथि षडयन्त्र, झुट प्रतिबेदनलगायत १७ वटा अभियोग लगाइएको बिबीसीले जनाएको छ ।
ट्रम्प अर्गनाइजेसन पूर्वराष्ट्रपतिको पर्यायवाची हो । तर, ट्रम्प र उनको परिवारका सदस्यहरू व्यक्तिगत रूपमा सुनुवाईमा सहभागी भएनन् । फैसलामाथि पुनरावेदन गर्ने प्रतिबद्धता जनाउँदै ट्रम्पले आफू दुःखित भएको बताए ।
कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म अपारदर्शी ढंगले आफ्ना शीर्ष अधिकारीहरूलाई नाफा दिएको आरोप लगाइएको छ । कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्क रहेको अभियोजनकर्ताले बताएका छन् ।
कम्पनीलाई करिब १६ लाख डलर जरिवाना लाग्न सक्ने अनुमान गरिएको छ । अर्गनाइजेस दोषी ठहर भएसँगै सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्ने अनुमान गरिएकाे छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |