धादिङ,१९ मंसिर ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती धादिङको अध्यक्षमा पुन कमला गैरे चयन हुनुभएको छ । आईतबार धादिङबेसी स्थित क्रिक रिसोर्टमा सम्पन्न सातौं अधिबेशनले गैरेको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रकाश विनायक, द्धितिय उपाध्यक्षमा संगीत सुवेदी, महिला उपाध्यक्षमा विन्दा परियार, कोषाध्यक्षमा सरु थापामगर, सचिवमा अविरल मगर, सह कोषध्यक्षमा सुमित्रा तामाङ, सह सचिवमा राजु पौडेल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा सन्दिप तामाङ, लक्ष्मी खड्का, प्रदिप बराईली, हेम थापा मगर, सुरेन्द्र राना मगर, चन्द्रकुमारी राना, सृजना राना मगर, दिपक आले मगर, विकास सुन्दास, सृजना रिजाल, उर्मिला आले, विर बहादुर गुरुङ, कुलबहादुर थापामगर, प्रदिप रुपाखेती, अन्जना आलेमगर, तेज बहादुर थापामगर, कान्छा शाही, धर्मराज लोहनी, प्रकाश कार्की रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला थापा गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी, संस्थापक अध्यक्ष अम्मर गुरुङ, प्रतिस्ठानका केन्द्रिय, प्रदेश तथा जिल्ला तहका कार्यसमितिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
तस्विर : धादिङ पोष्ट
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |