धादिङ,१६ मंसिर ।
चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदन अनुसार नेपालमा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी विदेशबाट आयात भएको हो ।
चार महिनामा २८ करोड ३४ लाख किलोग्राम तरकारी आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा भने साढे २९ प्रतिशतले कमी हो । अघिल्लो वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरेको तरकारी भित्रिएको विभागको तथ्याङ्क छ ।
यो चार महिनामा सबैभन्दा धेरै आलु आयात भएको छ । चार महिनामा चार अर्ब २५ लाख रुपैयाँको आलु, दुई अर्ब १९ करोड रुपैयाँको प्याज, ३७ करोड रुपैयाँको लसुन, १४ करोड ११ लाख रुपैयाँको गोलभेँडा, साढे सात करोड रुपैयाँको केराउ र चार अर्ब ३७ करोड रुपैयाँको सिमी लगायतका गेडागुडी आयात भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |