काठमाडौँ, ११ मङ्सिर ।
विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ । ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ ।
कार्यक्रम संयोजक उपसचिव पद्मकुमार मैनालीले वर्षको नाराबारे प्रष्ट पार्दै दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा हासिल गर्न समय सीमाको करिब आधा समय व्यतित भइसक्दा पनि लक्ष्य नजिक पुग्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरी विकासतर्फको हाम्रो दृष्टिकोण पुनःविचार गर्नका लागि स्थानीय प्रयास अत्यन्त जरुरी देखिएको छ ।”
हरेक वर्ष नोभेम्बर ८ मा विश्व सहरी योजना दिवस मनाउने गरिन्छ । यस्तै विश्व सहर दिवस अक्टोबर ३१ मा मनाउने गरिन्छ । नेपालमा सन् २०१९ देखि यो दिवस मनाइँदै आइएको छ । चाडपर्व र चुनावका कारण दुवै दिवस मनाउन ढिलो भएको मैनालीको भनाइ छ ।
“हामी संयुक्त रुपमा दुवै दिवस एकै दिन मनाउँदै छौँ” संयोजक मैनालीले भन्नुभयो । गोष्ठीमा राष्ट्रिय योजना आयोग, भक्तपुर नगरपालिका, बागमती गाउँपालिका लगायत संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्र्तक्रिया गरिने उहाँले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |