एजेन्सी । कन्नड स्टार ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले रिलिजको दुई महिनापछि पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
फिल्म सेप्टेम्बर ३० मा कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेरेपछि निर्माताले हिन्दी भर्सनमा पनि रिलिज गरेका थिए । १६ करोडको बजेटमा बनेको यो फिल्मले मंगलबारसम्म बक्सअफिसमा ४ सय करोड रुपैंयाँको आँकडा पार गरिसकेको छ । ४ सय करोड आँकडा पार गर्ने यो दोस्रो कन्नड फिल्म हो ।
फिल्मले यशको ब्लकबस्टर फिल्म ‘केजीएफ २’को रेकर्ड तोडेको छ । फिल्मले कर्नाटकमा हालसम्म १६८ करोड, तमिलनाडुमा १२ दशमलब ७० करोड, केरलामा १९ दशमलब २०, तेलंगानामा ६० करोड, नर्ड इण्डियामा ९६ करोड र ओभरसिजमा ४४ दशमलब ५० करोड रुपैंयाँ कलेक्सन गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |