काठमाडौं । ओलिभर जिरुडको दुई गोल मद्दतमा साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकपमा मंगलबार राति अष्ट्रेलियालाई ४-१ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
फ्रान्सका एड्रिएन र्याविओट र किलिएन एमबाप्पेले एक-एक गोल गरे । मुख्य खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएपछि घाइते बाघ जस्तो बनेको फ्रान्सले पहिलो खेलमै सुखद् नतिजासहित उपाधि रक्षा अभियान बलियो गरी थालेको छ ।
सन् २०१८ मा विश्वकप जित्दाका सदस्य पउल पोग्बा र एनगोलो कान्टो विश्वकपअघि नै घाइते हुँदै बाहिरिएका थिए भने फरवार्ड करिम बेन्जेमा विश्वकप टिममा समावेश भएपछि घाइते हुँदै बाहिरिएका थिए । यस्तै प्रेसनेल किमबेम्पे र क्रिस्टोफर एनकुन्नु पनि टिममा समावेश भएपछि बाहिरिएका थिए ।
तर मैदानमा भने यी खेलाडी बिनै फ्रान्स चम्कियो ।पोग्बा र कान्टे जस्ता खेलाडी नहुँदा एड्रिएन र्याविओट र औरेलियन चुवामेनीले फ्रान्सको मिडफिल्ड सम्हालेका थिए । डिडियर सेसच्याम्पसले चार फरवार्ड किलिएन एमबाप्पे, ओलिभर जिरुड, एन्टोनी ग्रिजमन र उसमान डेम्बेलेलाई पहिलो रोजाइमा खेलाएका थिए ।
अल जानोब स्टेडियममा खेलको नवौं मिनेटमै क्रेग गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर फ्रान्स चाँडै खेलमा फर्कियो । २७ औं मिनेटमा थियो हर्नान्डेजको पसामा राविओटल् फ्रान्सका लागि बराबरी गोल फर्काए ।
३२ औं मिनेटमा जिरुडले राविओटकै पासमा गोल गरेपछि फ्रान्सले २-१ को अग्रता बनायो । दोस्रो हाफमा फ्रान्सले दुई गोल थप्यो । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता ३-१ बनाए । ७१औं मिनेटमा जिरुडले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । यस गोलपछि जिरुडले फ्रकान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान पनि बराबरी गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |