धादिङ ५,मंसिर । धादिङ जिल्लामा हिजो भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य भैरहेको छ । प्रतिनिधि सभा क्षेत्र न १ को गल्छी बैरेनी र क्षेत्र न २ को धादिङबेशी स्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भैरहेको छ ।
क्षेत्र न १ प्रतिनिधि सभाको २५३० मत गणना हुँदा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले ११६५ मत र नेकपा एमालले उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले १०८९ मत पाएका छन् । त्रिपाठी भन्दा पाण्डे २४ मत अगाडी रहेका छन् । स्वतन्त्र पार्टी बाट निर्वाचनमा होमएका हिमेश पन्तले हाल सम्मको गणनामा १६० मत पाएको छन् ।
त्यसैगरी धादिङ क्षेत्र न २ मा भएको मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काग्रेसका उम्मेद्वार रामनाथ अधिकारीले ४७५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि नेकपा एमाललेका उम्मेद्वार खेम प्रसाद लोहनीले ४१४ मत पाएका छन् । हाल सम्म १०४७ मत गणनामा भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बासुमाया तामाङले हाल सम्मको मतगणना ५१ मत पाएको छ ।त्यसै गरी मंगोल नेशनलका उम्मेद्वार धनमाया तामाडले ५४ मत पाएकी छिन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |