धादिङ,१ मंसिर
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि जिल्लामा २५ सय प्रहरी परिचालन हुने भएका छन्। निर्वाचनको सुरक्षाको लागि जिल्लको १ सय १४ वटै मतदान केन्द्रमा प्रहरी आज सम्म पुगिसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा धादिङमा १६ सय ८८ जना म्यादी प्रहरी सहित २५ सय सुरक्षाकर्मी परिचालन भएका छन् । धादिङमा २ वटा क्षेत्र र ४ वटा प्रदेश छ । १ सय १४ वटा मतदान स्थल रहेकाछन् । जिल्ला प्रहरी कार्यालय धादिङले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
भयरहित वातावरणमा निर्वाचन गराउन सक्षम रहेकोे भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय धादिङले सबैलाई आग्रह गरेको छ । मतदान स्थलमा खटिने सुरक्षाकर्मी र कर्मचारीहरु मंगलबारबाट मतदान स्थलमा जान शुरु गरेका छन् । आजसबै मतदान स्थलहरुमा सुरक्षाकर्मी र कर्मचारीहरु पुगी सक्ने प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।
जिल्लाको उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाका १३ वटा मतदान स्थलमध्ये २ वटा मतदान स्थलमा मात्रै सवारी साधन पुग्ने गर्छ । बाँकी ११ वटा मतदान स्थलमा निर्वाचन सामाग्री मानिसले बोकेर नै लैजानुपर्ने प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |