काठमाडौँ,३० कात्तिक ।
दोस्रो एक दिवसीय खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।
जितसँगै सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन, सोमपाल कामीले १६ रन, कुशल भुर्तेलले ३५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे ।
युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा १० विकेट गुमाउँदै १९१ रन बनाएको थियाे ।
युएईका लागि वसीम मुहम्मदले अर्धशतकिय पारी खेले । उनले ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडे । अन्य खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । वृत्य अरविन्दले २५, सीपी रिजवानले २२, अलिशान शराफुले ३५, विष्णु सुकुमारनले १५ र बासिल हमिदले २४ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान तीन/तीन विकेट लिए । करण केसी, गुलशन कुमार झा, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेलको नाम एक/एक विकेट रह्यो । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |