धादिङ,३० कात्तिक ।
धादिङको नीलकण्ठ नगरपालिकामा कात्तिक १८ गतेदेखी सन्चालन भएको मतदाता शिक्षा प्रभावकारी भएको छ।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सन्चालन भएको मतदाता शिक्षा प्रभावकारी भएको नीलकण्ठ नगरपालिकाका प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो।
बदर मत कम गराउने उदेश्यले धादिङको नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा मतदाता शिक्षा स्वयंसेविका खटाएर काम भईरहेको उपाध्यायले जानकारी दिनुभयो ।कात्तिक १८ गतेदेखी सन्चालन भएको मतदाता शिक्षा अन्तरगत आईतबार सम्ममा ६ हजार ८ सय ५९ जनालाई मतदाता शिक्षा प्रदान गरीएको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
जसमा ३ हजार ४ सय ५८ जना पुरुष र ३ हजार ४ सय १ जना महिला रहेका छन्।मतदाता शिक्षा अभावको कारणले बदर मत नहोस भनेर सन्चार माध्यम,सामाजिक सन्जाल लगायतबाट निर्वाचन आयोगले मतदाता शिक्षा प्रवाह गरीरहेको छ।मंसिरको महिना भएकोले मतदाताहरु खेतबारीमा जानुपर्ने भएको कारणले पनि घरदैलोमा मतदाताहरु नभेटिने गरेको मतदाता शिक्षा स्वयमसेविकाहरुले बताएका छन्।
बिहाना बेलुका पारेर घरमा जानुपर्ने भएकोले सोचेजति प्रगती भने भएको छैन । गत स्थानीय तहको निर्वाचन भन्दा मंसिर ४ गते हुने निर्वाचन फरक भएको कारणले मतदाताहरुमा अलमल नहोस् भनेर धादिङ जिल्लाभर मतदाता शिक्षा कार्यक्रम सन्चालन भईरहेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |