धादिङ २९,कात्तिक । धादिङमा गठबन्धन दलहरुका उम्मेद्वारहरु घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त भएका छन् । गठबन्धन दलका उम्मेद्वारहरुले आज थाक्रे, गल्छी र नीलकण्ठमा उक्त मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । प्रतिनिधिसभा २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी र प्रदेशसभा २ का उम्मेदवार गोविन्द लम्साल मंगलबार घरदैलोको क्रममा नीलकण्ठ नगरपालिका ५, खाल्टे पुगेका छन् । घरदैलोको क्रममा नीलकण्ठ ५ मा रहेको लामा गुफा, चमेरो गुफा र घुमाउने डाँडा लगाएतको क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार थाक्रे र गल्छी गाउँपालिकाका बस्तीमा पुगेका छन् ।
घरदैलोकै क्रममा पुगेका पाण्डेसहित गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई मतदाताले फुलमालाले स्वागत गरेका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ उम्मेदवार पाण्डेले थाक्रेको कुचिलीभन्ज्याङ, गल्छीको बिर्ताडाँडा र कार्कीडाँडामा कोणसभा गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |