काठमाडौँ,२८ कात्तिक ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो ।
भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको छ । सो मुल्यमा १३ लाख ७६ हजार ५२० थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ ।
चीन, भारत, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र बंगलादेशबाट नेपालमा सारी, लुङ्गी र धोती आउने गरेको छ ।नेपालमा सबैभन्दा ठूलो मात्रामा सारी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ । पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपैयाँको सारी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८र७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |