काठमाडौं ,२७ कात्तिक ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रुपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ ।सोही अवधिमा पौने ३० करोड रुपैयाँको विभिन्न प्रकारका क्यामरा पनि नेपाल भित्रिएको छ ।
२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको टेलिभिजन सेट र क्यामरना नेपाल भित्रिएका हुन् । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ ।
सोही समयमा २९ करोड ७९ लाख ८७ हजार रुपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |