धादिङ,२२ कात्तिक ।
नीलकण्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज एकसाथ ६४ वटा भित्ते पत्रिका प्रकाशित गरेका छन् ।दशै बिदाको गृहकार्यको रुपमा विद्यार्थीले बनाएका भित्ते पत्रिका आज एक साथ प्रकाशित गरिएको हो ।भित्ते पत्रिका लेखनले विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्याएको शिक्षक दिपेन्द्र रिजालले बताउनुभयो ।परम्परागत शैक्षिक प्रणालीलाई सुधार्न नयाँ शैलीलाई अपनाइएको शिक्षक रिजाले बताउनुभयो ।
कक्षा ८ का विद्यार्थीले ड्रोइङ पेपरमा हातैले लेखेर विभिन्न चित्रहरुका साथै समाचार र साहित्यमूलक भित्ते पत्रिका तयार पारेका थिए ।भित्तेपत्रिकामा विद्यार्थी आफैंले सिर्जना गरेका कविता, गजल, चुट्किला, मुक्तक, सामान्य ज्ञान, समाचार लगायत प्रकाशन गरिएको थियो ।दशैँ तिहारको गृहकार्यको रुपमा दिइएको भित्तेपात्रो लेखनलाई विद्यार्थीले समाजमा अगुवाइ गर्ने क्षमताको विकास गर्नुका साथै त्यस्तै आफूले लेखेको सृजनाहरु सार्वजनिक गराएर आत्मविश्वास जगाउने काम भएको कक्षा ८ की छात्रा प्रतिमा लम्सालले बताउनुभयो ।
बालबालिकाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्नका लागि भित्तेपत्रिका लेखनकार्यले सहयोग पुगेको शिक्षकहरुको भनाइ छ ।एकसाथ प्रकाशन गरिएको भित्तेपत्रिकाले विद्यार्थी र शिक्षकमा उत्साह थपेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |