धादिङ २० कात्तिक । नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले समयमा नै नेतृत्व नसच्चिए त्यसको हिसाव किताव हुने बताएका छन् । आज दामन पाख्रिनको २६ औ स्मृति दिवसको अवसरमा धादिङको किन्ताङफेदीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले आसन्न चुनावको टिकट बितरण प्रक्रियामा केन्द्रको नेतृत्वले पनि धादिङको भुगोल अनुसार, जनता रोजाई अनुसारको उम्मेद्वार छनोट गर्न नसकेको उहाँको भनाई छ । नेपाली काग्रेस पार्टीमा आफ्नो तिन पुस्ताको लगानी रहेको भन्दै उहाँले नेतृत्वले समयमा नै सोचेर बुद्धि पु¥याएर टिकट बितरण अन्याए भएको रहेछ भनेर नसच्चिएमा त्यसको हिसाव किताव हुने बताएका हुन् ।
उहाँले नेताहरुको आफुहरु खेलौना मात्र नभएको भन्दै नेपाली काग्रेस प्रति माया स्नेह रहेको समेत बताउनु भयो । उहाँले आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्र रहेको समेत बताएका छन् । आदिबासी जनजातीहरुकोे ढुकढुकी बन्न आफु सफल भएको भन्दै सवैलाई नडराउन नआत्तिन समेत उहाँले आग्रह गर्नु भएको छ । सवै राजनितिक दलहरु सत्तामा कसरी आफु पुग्ने मात्र ध्यान भएको र जनताको सुख र दुखमा र बिकास निर्माणमा ध्यान नगएको उहाँको तर्क छ ।
देशको आवश्यकतामा आएको गठबन्धनले पनि बिधि पद्धतिमा हिड्न नसकेको समेत उहाले दावी गर्नु भएको छ । उहाँले गठबन्धन भन्दा भन्दै राजनितिक दल नै हराउन लागेको समेत ब्यक्त गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |