धादिङ १८,कात्तिक । धादिङ जिल्लाको गंगाजमुना गाउपालिका रहेको एैतिहासिक धार्मिक स्थल गंगाजमुना माईको मेला सम्पन्न भएको छ ।
हरिबोधनी एकादशीको अवसरमा गंगाजमुना गाउपालिका द्धारा आयोजित ब्रत मेलामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित मेला सम्पन्न भएको हो ।
मेलाको अवसरमा गंगाजमुना गाउपालिका जन्मस्थल भएका बिभिन्न राष्ट्रिय,अतराष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
गंगाजमुना माईमा पुजा आजा गरेमा आफ्नो मनोकामना पुरा हुने र माई स्थानमा रहेको कुकर धारामा नुहाए पछि रोग ब्याध नलाग्ने धार्मिक बिश्वास रहेको छ । मेलामा फुलको डोली लैजाने,बत्ति बाल्ने,परेवा उडाउने,बत्ति बाली जागाराम बस्ने,झाक्रीहरुले भाकल स्वरुप रातभरी ढ्याग्रो बजायर तपस्या गर्ने र भोली पल्ट नुहाएर एकादशी ब्रत बस्ने चलन छ ।
मेलाको अवलोकन तथा पुजा आजा गर्न धादिङ, नुवाकोट, गोरखा लगाएत देशका जिल्ला बाट उल्लेखनिय भक्तालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।
हरिबोधनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गंगा जमुना गाउँपालिकाले पालिका भित्र सार्वजनिक विदा समेत दिएको थियो ।
गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा बिगत लामो समय देखि मेला तथा सांस्कृतिक कार्यक्रमहरु हुदै आएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |