धादिङ १७ कात्तिक । संघिय निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले जनताको आस्था, भरोसा र धरोहरको रुपमा रहेको त्रिपुरासुन्दरीमाई भगवतीको मन्दिरको अस्तिव र पहिचान मेटिन नदिने बताएका छन् ।
जलाशययुक्त बुढीगण्डकी आयोजना बनेपछि त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिर डुवानमा पर्ने भएकाले त्यसको उचित स्थानमा पुनस्थापना गर्न र ऐतिहाँसिकता कायम रहने गरी अस्तित्व कायम राख्नको लागि विशेष योजना बनाएर काम गरिने बताएका छन् ।
चुनावीप्रचार प्रसार र घरदैलो अभियानको क्रममा हिजो त्रिपुरासुन्दरी गाउँपालिकाको ४, ५ र ६ (साविकको सल्यानकोट र आगिन्चोक गाविस) का विभिन्न स्थानमा पुगेर जनताको पीरमर्का बुझ्ने र सुझाव संकलन गर्ने क्रममा अधिकारीले त्रिपुरासुन्दरी भगवती लाइ गाउँ बेसी गराउने बाटोलाइ धार्मिक पदयात्राको रुपमा विकसित गर्ने समेत योजना रहेको सुनाएका हुन् ।
पुर्वाधार विकासका कामहरुलाइ आवश्यकता आधारमा अघि बढाउदै जनताको जीवन यापनमा सहजता ल्याउनको लागि जस्तोसुकै काम गर्न पनि आफुमा आँट, साहस र तागत रहेको बताएका छन् ।
त्यस क्षेत्रका चुनावी प्रचारप्रसार कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेता अधिकारीले बिगतमा जनताको बीचमा गरेको प्रतिवद्धता पूरा गरिएको दाबी गरे । उनले आमजनताकोे समस्याको पहिचान गरी क्रमैसंग समाधानको पहल गरिने समेत बताएका छन् ।
निर्वाचन प्रचारप्रसार अभियानमा उक्त क्षेत्रबाट प्रदेश सभामा उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडा, माओवादी नेता रामबहादुर भण्डारी, नेपाली काँग्रेसबाट प्रदेशसभामा समानुपातिकतर्फ उम्मेद्वार रहेका गोपाल विश्वकर्मा नेपाली काँग्रेस धादिङका सहसचिव नवराज तिमल्सेना लगायतका नेताहरु सहभागी भएको नेपाली काँग्रेस धादिङ क्षेत्र नं २ का सभापति राकेश धमलाले जानकारी दिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |