धादिङ १६ कात्तिक । नेकपा एमाले बाट क्षेत्र न २ को संघिय सांसदको उम्मेद्वार बनेका खेम लोहनीले लापाको विकासमा नेकपा एमालले ध्यान दिएको बताएका छन् ।
मतदाता भेटघाटका क्रममा उम्मेदवार लोहनीले लापाको विकास, सामुदायिक भवन, सामुदायिक विकासका काममा एमालेले मात्र गर्न गर्न सक्ने र यसका लागि एमालेले राप्रपासंग मिलेर विकास गर्ने बताएका छन् ।
लापाको खादिङ पुग्नु भएका एमाले र राप्रपाका उम्मेदवारहरुलाई गाउँबासीले स्वागत गरेका थिए । लोहनीको पहलमा लापाको कपुर गाउँमा अपांग मैत्री भवन, लापाका ३ विद्यालयहरु, धादिङबेसी तिप्लीङ सडक र अब लापामा सडक ल्याउने काम समेत गरिने लोहनीले गाउँबासी समक्ष प्रतिवद्धता व्यक्त गरेका छन् ।
लापा लगायतको रुबिभ्याली एकिकृत विकास परियोजना समेत ल्याएको र यसलाई एमाले सरकार बनाएर एकिकृत विकास गरिने उहाँको भनाइ छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |