धादिङ,१४ कात्तिक
निर्वाचन नजिकीदै गर्दा दलहरु भोट माग्नमा व्यस्त छन्।निर्वाचन अघि आफ्नो प्रतिबद्धता पत्र सहित नेताहरु जनतामाझ गएका छन्।प्रत्येक पटकको निर्वाचनमा सबै काम गर्छु भनेर भोट मागेका नेताहरुको काम प्रति भने जनताहरुको गुनासो रहेको छ ।निर्वाचन अघि सबै गर्छु भन्ने र पछि नगर्ने परिपाटीको कारण चुलीका जनताहरु भने आजित बनेका छन्।दलहरुले गाउँको विकासमा ध्यान नदिएको अगुवा कृषक पुर्णमान श्रेष्ठले दुखेसो पोख्नुभयो।
विद्यालयको भवन देखाउदै श्रेष्ठले भन्नुभयो,“हाम्रा छोराछोरी यस्तो विद्यालयमा पढ्छन्,न कक्षा कोठा राम्रो छ,न बेन्चको व्यवस्था छ,न त खानेपानीको ।विद्यार्थीहरु शौचालय नभएको कारण भिरपाखामा दिशा पिसाब गर्न जान्छन्।यसलाई कसरी विकास भन्ने हो?।”अहिले पनि महिनाको ८सय भन्दा बढी पैसा तिरेर पानीखानुपर्ने अवस्था रहेको रामबहादुर थापाले बताउनुभयो ।एक झर पानी पर्ने वित्तिकै बाटो हिडिसाध्य हुदैन,विद्यालयको त्यो हालत छ,गाउँमा भएको बाघबछला मन्दिर बनाउन कसैको ध्यान गएको छैन।थापाले भन्नुभयो,“नेताहरुले धेरै गरे भन्नुहुन्छ तर जनताको अवस्था भने उस्तै छ।”गल्छी गाउँपालिका वडा नम्बर ८ मा पर्ने जनसेवा आधारभुत विद्यालयको भवन अभावको कारणले गर्दा पठन पाठनमा समस्या भएको छ ।
विद्यालयको भवन जिर्ण हुँदा समयमा मर्मत हुन नसक्दा विद्यार्थीलाई जिर्ण भवनमा अध्ययन गर्न बाध्य छन् ।बनेको एउटा पक्कि भवनमा कक्षाकोठा नपुग्ने हुँदा जिर्ण भएको र ढोका नभएको कक्षाकोठामा विद्यार्थीहरुलाई अध्यापन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रेग्मीले जानकारी दिनुभयो।कक्षाकोठाका झ्याल,ढोका छैन भने बेन्चहरु पनि भाँचिएका र बस्नको लागि अप्ठेरो हुने स्थानमा बसेर विद्यार्थीहरु पढ्न बाध्य बनेका छन्।पटक पटक सम्बन्धीत निकायमा जानकारी गराउदा पनि कसैले पनि चासो नदिएको विद्यालयका प्रधानाध्यापक रामकुमार गुरुङले जानकारी दिनुभयो।
वि.सं २०४८ सालमा स्थापना भएको उक्त विद्यालय त्यस ठाउँका समुदायको लागि पहिलो पाठशालाका रुपमा स्थापित छ।कक्षा १ देखि ८ कक्षा सम्म अध्ययन हुने विद्यालय जिर्ण हुँदा विद्यार्थीहरु पढाइमा असर परेको छ ।त्यस विद्यालयमा छिमेकी गाउँहरु सिम्पानी,चैनपुर,अदमारा,डाडाँगाउँ,नयाँगाउँ,चुली,नेपाल थोक लगायतका स्थानबाट विद्यालयहरु पढ्न आउछन्।शिक्षा क्षेत्रमा सरकारले अर्बौ रुपैयाँ खर्च गरेपनि दुरदराजका स्थान सम्म बजेट नआईपुग्ने पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज थापाले बताउनुभयो।पहँुचको भरमा बजेट बिनियोजन भएको भन्दै थापाले आवश्यकता भएको स्थानहरु प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो।
भोट दिएर जितेर गएकाहरु धेरै मन्त्री बनेपनि गोगनपानीको विकासमा भने कसैले चासो नदिएको नागरिकहरुले गुनासो गरेका छन्।भोट माग्न आउदा नेताहरु हात जोडेर आउने गरेको र जितेपछि गाउँको विकासमा सहयोग नगर्ने गरेको रामबहादुर थापाले बताउनुभयो।पटक पटक जित्ने र जितेपछि नेताहरुले आफ्नो र आफ्नाका लागि काम गर्ने गरेको कारणले पनि विकास नभएको थापाले आरोप लगाउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |