धादिङ,५ कात्तिक ।
गल्छी गाउँपालिकालाई ३ विकेटले पराजित गरेको खेलमा खेलाडीहरुलाई हौसला बढाउन नीलकण्ठ नगरपालिकाका उप मेयर खेल मैदान पुग्नुभएको थियो ।आफ्नो टिमको सपोर्ट गर्न र खेलाडीलाई हौसला बढाउनको लागि उप मेयर विश्वकर्मा खेल हेर्न विशालटार पुग्नुभएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गल्छीलाई हराएसँगै नीलकण्ठ नगरपालिका जारी खेलमा सेमीफाईनल प्रवेश गरेको छ ।
खेल पश्चात खेलाडीहरुलाई बधाई दिदै विश्वकर्माले फाईनल यात्राको लागि नीलकण्ठको टिमलाई शुभकामना दिनुभएको छ।चन्द्रोदय खेल मैदानमा टस जितेर नीलकण्ठ नगरपालिकाले गल्छी गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो। गल्छी गाउँपालिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनायो। गल्छी गाउँपालिकाका सुजन अधिकारीले सर्वाधिक ३० रन जोड्नुभयो । गल्छीकै रामहरी सापकोटाले १५र आमन श्रेष्ठले १८ रन बनाउनुभयो ।
नीलकण्ठ नगरपालिकाका राजिब श्रेष्ठले ४ ओभरमा १ मेडन रख्दै मात्र ९ रन खर्चिएर ४ विकेट लिएका राजीब म्यान अफ द म्याच बन्नुभयो । ९२ रनको लक्ष्य लिएर मैदान आएको नीलकण्ठ नगरपालिकाले १९.४ ओभरमा ४ विकेट गुमाउदै जित दर्ता गर्यो। अन्तिम १८ बलमा जितको लागि ६ रन आवश्यक रहदा १८औ र १९ औ ओभरमा १–१ रन बटुले पछि खेल रोचक मोडमा पुगेको थियो ।
१९.४ बलमा नीलकण्ठको सन्तोष घिमिरेले मिडअनको फिल्डडर बिट गर्दै चौका गएपछि नीलकण्ठले सेमी– फाइनलमा स्थान पक्का गरेको हो। नीलकण्ठको निशान गुरुङले १४, दिपक सुबेदीले १६ र अनिल अधिकारीले ११ रन जोडे। फाईनल प्रवेशको लागि आईतबार नीलकण्ठ नगरपालिकाले धुनिवेशी नगरपालिकाको सामना गर्नेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |