धादिङबेशी ५ कात्तिक । धादिङ सिर्जना प्रतिष्ठानले लक्ष्मीजयन्तीका अवसरमा आज धादिङबेशीमा आयोजना गरेको कार्यक्रममा कविहरूले राजनीति र चुनावी विकृति, प्रेम र प्रकृतिसम्बन्धी कविता वाचन गरेका छन् । कविता, मुक्तक, गजल, हाइकु र सुसेलीमार्फत उनीहरूले तिहारजस्ता पर्व र संस्कृतिको स्वागत गरेका छन् ।
धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो ।
वाचन कार्यक्रममा बरिष्ठ साहित्यकार बद्री प्रसाद दाहाल,सिद्धलेक गाउपालिकाका उपाध्यक्ष सविता अर्याल,साहित्यकार केशव दुवाडी,हरि पाटामगर,गायत्री खतिवडा,सावित्रा कोईराला लगाएतले आफ्नो प्रतिभा बाचन गरेका थिए ।
पछिल्लो पटक सेलाएको धादिङको साहित्यमा धादिङ सिर्जना प्रतिष्ठानको यस किसिमको कार्यक्रमले चाडपर्व नजिकिएको भान मात्र भएन् साहित्यमा एक रौनक समेत थपिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |